|
Entertainment |
Our professional Journalist from 'Nepali Movie and Entertaintment Industry' will keep you up to date with Nepali Movies, Musics, Songs, Interview with Celebrities, etc.
लोभ
लाग्दो
लोकप्रियता,
स्वरुपराज
आचार्य
बल गरेर यो मन अन्तै
बदनाम भएछु तिम्रै कारणले
कांडा बिझ्यो बिझ्यो
तिमीबिनको जीवन
माया अन्तै सार
यस्तै गीतसंगीत मार्फत यतिबेला लाखौं श्रोताको ढुकढकी बनिरहेका छन स्वरूपराज आचार्य। उनले गाएका अधिकांश गीत हिटलिस्टमा मात्रै छैनन्, सिआरविटीमा पनि धेरै डाउन्लोड हुने गीतमा पर्छन्। बरिष्ठ संगीतकार संभुजित बास्कोटा भन्छन्,"स्वरुप जस्ता उम्दा प्रतिभाको गायकीलाई मान्नै पर्छ। उन्को स्वरमा दम मात्रै छैन, उनले गायनमा फरक पहिचान पनि बनाएका छन्।" डेढ दशकदेखि संगीत क्षेत्रमा कडा मेहनत र संघर्शका साथ लाग्दै आएका उनी अहिले आयेर भने यस्तै गीतको चुलिदो लोकप्रीयता संगै आफुलाई नेपाली संगीत क्षेत्रको उम्दा गायकको रुपम परिचित गराउंदैछन्। "यो मेरो संगीतको लामो साधना र लगनको परिणाम हो", उनी सगर्व सुनाउंछन्।
जहां तिमी त्यहां म, धेरै माया दिंदा रैछन्, ढले म ढले बेहोशीमा ढले, जोडेको नाता तोडेर गयौ, सयौं ढांट लाखौं ढांट आदी लगायतका उनले गाएका अधिंकास गीत श्रोताको मनमस्तिकमा बसेका छन्। पार्श्वगायनमा समेत उत्तिकै जमेका उनको स्वरम गीत् रेकर्ड गराउनको होड नै छ यतिबेला। अहिले सम्म ५०० हाराहारी गीत गाएका स्वरुप भन्छ," थोरै गाएको छु तर गाएका गीतहरु हिट भएका छन्।" पैसा र संख्या बढाउन नगएको बताउने उनी आवाज दिनु र हृदयबाट गाउनु फरक रहेको बताउंछन्। भन्छन्, "जुन गीतले मलाई छुन्छ त्यही गीत मात्र गाउंछु, त्यही कारण पनि हिट हुन्छ।"
नेपाली संगीत क्षेत्रमा अरुको संगीतमा गाउने वा केही चांई आफ्नै संगीतमा गाउनेको बोलवाला छ। तर अरुको संगीतमा स्वर् दिनेमात्र हैन आफ्नो संगीतमा अरुको स्वर भर्ने क्षमता राख्ने प्रतिभाशाली कलाकारमा पर्छन् स्वरुप। आफ्ना दाई स्वरुपराज संसंगै गीतसंगीतमा उपस्थिति जनाउने उनले आफ्ना दाई सत्यराज आचार्यसंगै धेरै संख्यामा संगीत भरेका छन्। भजन शिरोमणी भक्तराज आचार्यका कान्छा सुपुत्र स्वरुप जस्ता प्रतिभाशाली गायक संगीतकारको उपस्थितिलाई नेपाली सांगीतिक आकाशमा शुभसंकेत मान्नुपर्छ। दाई सत्यसंगको सांगीतिक सहयात्रामा एकल एल्वम हुंदै चलचित्रसम्म फैलिएको छ, उनको संगीतसिर्जना। सानो संसार, फस्ट लभ लेटर, स्वर, देशले रगत मागे, क्रसरोड, विकज आई लभ यु लगायतका झण्डै एक दर्जन चलचित्रमा संगीन भरिसकेका छन्, यी दाजुभाईले। तिम्रो नशालु आंखाले मार् यो, शायद मायाम फसेकी, भन तिम्रो मनमा के छ जस्ता दर्जनौं गीतहरु दाजुभाईकै सीर्जना हुन्। बरिस्ठ गायक संगीतकार् फत्तेमान राजभण्डारीको भनाइ छ,"स्वरसंगीतमा राम्रो सम्भावना बोकेका स्वरुप जस्ता केही अरु प्रतिभशाली कलाकार अहिले आउनुलाई सुखद मान्न सकिन्छ।"
अर्थशास्त्रमा स्नाकोत्तर गरेका उनले, आफ्नै घरमा संगीत सिकेका हुन्। भजन शिरोमणि आफ्ना पिता भक्तराज आचार्यको 'रियाज' सुन्दै संगीतकै घरानामा हुर्केका स्वरुप, आफ्ना पिता माथि २०४६ सालमा सांघातिका आक्रमणपछिका दिनमा अनगिन्ती दु:ख पिडा खेप्दै आजको अवस्थामा आएको बताउंछन्। २०५३ सालमा उनले दाईसंग मिलेर 'लाहुरे दाई' नामक एल्वम निकालेर संगीतमा औपचारिक रुपमा आएका थिए। जसले हिट्स एफएम म्युजिक अवार्डमा उनीहरुलाई गायान संगीतबाट सवोर्त्कृस्ट नव प्रतिभाको पुरस्कार दिलाएको थियो। त्यसपछि २०५९ म मुटु जलिरहेछ, २०६१ म स्वर्, त्यसपछि म्युजिक र हस्ताक्षर बजारमा ल्याईसकेका छन्। तर पार्श्वगायनमा भने उनी धेरै अघिनै स्थापित हुन्। यसमा सम्भुजित बास्कोटाको महत्वपुर्ण योग्दान रहेको बताउंछन्, उनी। भन्छन्, "शायद उहां नहुनु भएको भए हामी दाजुभाई यो अवस्थामा आइपुग्दैनथ्यौं होला।"
चलचित्र वसन्तीको, मेरी वसन्ती प्यारी वसन्तीबाट चलचित्र गायन शुरु गरेका उनले, २०० भन्दा बढि चलचित्रमा गाएका छन्। चलचित्र गायनभन्दा पनि सुगम संगीतम एकसेएक गीतले लोक्प्रीयता चुमेका छन्, उनका। सुगम संगीतमा पनि उनलाई वियोगका गीतमा उनको फरक पहिचान छ। कतिपयले उनलाई मुटु बिझ्ने गरि गाउंछ भन्ने गरेको बताउंछन्, स्वरुप। हुनपनि 'ट्र्याजेडी सङ'मा उनलाई मान्निको जमात सानो छैन। उनले गाएको गीत सुनेर दैलेखका एक प्रहरीले आत्माहत्या नै गरे। 'सुसाइड नोट'मा उनको गीत, धेरै माया दिदा रैछन् र उनको नाम थियो।
उनले इमेज च्यानलबाट यस वर्षको सर्वोत्कृस्ट गायकको अवर्ड, त्यस्तै हालै गायनतर्फ नै सर्वोत्कृस्ट कालिका एफ एम अवर्ड, सानो संसारबाट गत वर्ष सत्यसहित उनले हिट्स एफएम र कालिका एफएमबाट सर्वोत्कृस्ट संगीतकार अवार्ड थापे। त्यस्तै युगल, एकल गायनमा हिट्स एफ एम, बिन्दाबासिनी अवर्डमा सर्वोत्कृस्ट गायन अवार्ड लगायतका थुप्रै अवार्डहरु हात पारे, पारिरहेका छन्। उनको माझिएको स्वर र गायकीको प्रसंसा नगर्ने कमै छन्। उनको गायनको रफ्तार हेर्दा लाग्छ, उनी नेपाली संगीत इतिहासमा फरक नाम राख्नेछन्। "अहिलेका श्रोताले मेरा गीत अत्याधिक मन पराउनु भएको छ, अब मैले अझ राम्रो गीतसंगीत दिनुपर्ने चुनौती छ", स्वरुप् भन्छन्। अहिले २,४ महिना सा रे ग म रटेर संगीतम आउनेहरुको भीड भएको बताउंदै उनी सकेसम्म संगीतको राम्रो अध्यन गरेर यस क्षेत्रमा आउने आग्रह गर्छन्।
ऋषिराम कट्टेल
Comments:
Comment Disclaimer: Commenter should not post any messages that are obscene, vulgar, sexually-oriented, hateful, threatening, or otherwise violative of any laws. 1moreinfo reserves the right to remove, edit, move or close any content item for any reason if needed.
Back
