Life gets better & Easier with 1more information

Entertainment

Our professional Journalist from 'Nepali Movie and Entertaintment Industry' will keep you up to date with Nepali Movies, Musics, Songs, Interview with Celebrities, etc.



दोहोरी नायिका - पार्वती राई

 
parvati


उदयपुर लेखगाउंकी पार्वती राई २०, सानै देखि चित्रमा नायिका बन्ने सपना पाल्थिीन् रे । तर चलचित्रमा नायिका बन्ने धोको पुरा भैनसकेपनि दोहोरी म्युजिक भिडीयोकी भने नायिका बनेकी छन् उनी । दोहोरीमा नाच्न थालेको १ वर्ष पुगेको छैन पार्वतीको तर अहीले धेरै टेलिभिजन च्यानलमा आउने धेरै गीतमा छाएकी छन् उनी ।

विशेषगरि पार्वती नृत्यप्रतिभाको धेरैले प्रशंशा गर्छन् । खास गरि उनको राम्रो नृत्यकलाकै कारण म्युजिक भिडीयो देखि स्टेजका कार्यक्रममा भ्याइनभ्याई छ हिजोआज । कला क्षेत्रमा आएको ९ महिनाको अवधिमा ५० भन्दा बढि म्युजिक भिडीयोमा काम गरिसकेकी छन् पार्वतीले । भन्छिन्, कति अवसर पाइएन भनेर वर्षोसम्म संघर्ष गरिरहेका हुन्छन् तर आफ्नो क्षमता अनुसार प्रशस्तै काम पाइरहेकी छु ।

१ वर्ष अघि नेपाल टेलिभिजनको कार्यक्रम छमछमीमा उत्कृष्ट छैटौबाट बाहिरीएकी थिइन पार्वती । त्यसको ३ महिनापछि हेर्छौ ओठ टोकी बोलको गीतको गीतको म्युजिक भिडीयोबाट पर्दाको दुनियमा आएकी उनले फर्केर हेर्नु परेको छैन् । 

यता पनि हुरुक्कै उता पनि हुरुक्कै लरक्कै लर्केको कपाल छ जस्ता साढे ४ दर्जन गीतका म्युजिक भिडीयोमा नृत्यकला प्रस्तुत गरिसकेकी छन् । हाल जय देवकोटा मल्टिपल कलेज नारायणटार जोरपाटीमा स्नातक प्रथमवर्षमा अध्ययनरत उनी म्युजिक भिडीयोसगै चलचित्रमा पनि जम्ने सुरमा छिन् ।


ऋषिराम कट्टेल




Comments:

Comment Disclaimer: Commenter should not post any messages that are obscene, vulgar, sexually-oriented, hateful, threatening, or otherwise violative of any laws. 1moreinfo reserves the right to remove, edit, move or close any content item for any reason if needed.


 


Back
footer
01

BlogTechnology

Blog and Technology
02

TravelEntertainment

Travel and Entertainment
03

HealthCare

>> Health and Care