Life gets better & Easier with 1more information

Entertainment

Our professional Journalist from 'Nepali Movie and Entertaintment Industry' will keep you up to date with Nepali Movies, Musics, Songs, Interview with Celebrities, etc.



चम्किंदै मल्लिका

 
mallika


गायनबाट केही गर्ने अठोट बोकेर आफ्नो जन्मथलो मोरङको सिजुवाबाट राजधानीको खाल्टोमा छिर्दा मल्लिकाले सोचेकै थिइनन् यति छोटो अवधिमै लोकप्रिय गायिकाका रुपमा चिनीउला भनेर । बाल्यकालदेखि नै गायनबाट राम्रो प्रसंशा पाएकी उनको भविष्यमा राम्रो गायिका बन्ने अठोट पुरा हुदै गएकोमा निकै दंग छिन् ।

मल्लिका भन्छिन , जति मेहनत गरे त्यही अनुसार छोटो अवधिमै सफलता पनि पाउदै गएकी छु स्रोताको मन जित्न सकीरहेकी छु यहीनै मेरो लागि ठुलो सफलता हो। सिजुवाबाट राजधानी छिरे लगत्तै उनी गान्धर्व संगीत विधालय र एसियन हिमालयन संगीत विधालयमा संगीत सिक्न थालिन । संगीत सिक्दासिक्दै पहिलो नेपाली तारामा भाग लिन पुगेकी उनी नेपाली तारामा उत्कृष्ट वीस स्थानमा परिन् । त्यसमा सफल हुन नसकेपनि गायनमा आउने माध्यम बनेको बताउछिन उनी। उनी भन्छिन , मेरो गायन क्षेत्रमा आउन नेपाली तारा प्रतियोगिता गतिलो प्लेटफर्म बनिदियो। त्यसपछि एकाएक उनको गीतसंगीतको तृष्णाले ब्यवसायिक रुप लिन थाल्यो ।

लाजको लाली ओढेर आइदेउन बोलको गीतबाट उनको गायनयात्राले एकाएक उचाई हासिल गरिदियो । २०६५ मा सुपरहिट गीतको कोटीमा दरिएको आलोकश्रीको संगीत तथा एसपी कोइरालाको शब्द रहेको लाजको लाली पछि उनी एकाएक चर्चित गायिकाको कोटीमा परिन्।

उदित नारायणको एकल एल्वम उपमा पछि उनले पछि फर्केर हेर्नु परेको छैन । त्यसपछि पछिल्लो समयमा यति धेरै मान्छेहरुको भीडमा जुन माग जुन दिन्छु तिम्ले नसम्झिदा माया जस्ता गीतबाट उनी लोकपि्रयता चुमिरहेकी मात्र छैनन् धेरै स संगीतकारको आंखामा परेकी छन् उनी । उनको आफ्नै एकल एल्वम मल्लिकाको यति धेरै मान्छेहरुको भीडमाले पुन चर्चित बनायो उनलाई पछिल्लो समयमा। यो गीत धेरैको मनमष्तिष्कमा बसेकेा छ हिजोआज । गायनको शुरुमै उदित नारायणसंग युगल स्वर दिएकी उनले कुमार सानु राजेश पायल राई आदित्यनारायण झा जस्ता गायक संग गीत गाएकी छन् उनले।

झण्डै २०० हाराहारीका गीतमा स्वर दिइसकेकी छन् । अहिले पाश्र्व गायनमा समेत पहिचान बनाउदैछन उनी । जीवनमृत्यु, पापी मान्छे २, सलाम छ, मायालाई फुल , जिन्दगानी दर्पणछाया यस्तो पनि हुन्छ माया गोर्खाली लगायतका विभिन्न चलचत्रिमा उनको स्वर सुन्न पाइन्छ । पछिल्लो समयमा स्टेजका कार्यक्रममा उनको ब्यस्तता बढेको छ । स्वदेशका मात्रै नभएर विदेशका कार्यक्रममा पनि उनको उत्तिकै ब्यस्तता बढेको छ।

समाजसेवामा विशेष रुचि राख्ने उनी भविष्यमा गायनसंगै समाजसेवा तिर लाग्ने बताउछिन् । हाल उनी मल्लिका भीसीडी तथा एकल एल्वम मौसमको तयारीमा छन् । पेरिस, बेल्जियम, जर्मनी, हल्यान्ड, लक्जेम्वर्ग, स्विजरल्याण्ड, दुवई, कतार, बहराइन जस्ता मुलुकमा गएर मल्लिकाले गीत गाइसकेकी छन् । अहीले १२ महिना सारेगम रटेर गायनमा आउनेहरुको केही हावी रहेको धारणा राख्छिन । उनले भनिन्, तर राम्रो मेहनत साधना गरेर आउने सधै टिक्छन अरु केही समयका लागि मात्रै भएको हुन्।

ऋषिराम कट्टेल

 




Comments:

Comment Disclaimer: Commenter should not post any messages that are obscene, vulgar, sexually-oriented, hateful, threatening, or otherwise violative of any laws. 1moreinfo reserves the right to remove, edit, move or close any content item for any reason if needed.



Back
footer
01

BlogTechnology

Blog and Technology
02

TravelEntertainment

Travel and Entertainment
03

HealthCare

>> Health and Care