|
Blog |
1moreinfo will review the highlight news and update you from time to time. Feel free to share your thoughts at Comment page.
टेस्ट्युब ह्याम्बर्गर - कृतिम मासु
संसारको पहिलो टेस्ट्युब ह्याम्बर्गर यहि अक्टोबर सम्ममा तयारी हुने वैज्ञानिकहरुको दाबी छ। हालमा वैज्ञानिकहरुले प्रयोगशाला मा मांसपेसीको स्टेम सेल बाट कृतिम तरिकाले मासुको उत्पादन गरिरहेका छन्।
उनिहरुको भनाईछ, यो मासु को स्वाद् असली ह्यम्बर्गर जस्तै स्वादिष्ट हुनेछ। अहिलेलाइ ज्यादै महंगो छ, प्रयोगशालामा कृतिम मासु उर्जा गर्नको लागि (£207,000) किनकी अनुसन्धान र प्रयोगशाला मा धेरै खर्च भयो तर भविष्यमा यसलाई बजारमा ल्याउंदा सस्तो दरमा आउनेछ।
वैज्ञानिकहरुको भनाई छ, प्रयोगशालामा, पोर्क, चिकेन, ल्याम्ब आदिको मासु उत्पादन हुनेछ। यो कृतिम मासु बजारमा आउनाले, संसारलाई प्रकृतिक सन्तुलनमा सघाउ पुराउने छ। लामो समयदेखि मासुको खपतले असर परेको पर्यावरणलाई जोगाउने र सर्वसाधरणलाई मासु पुराउन सक्नु उनिहरुको प्रयास छ।
२०५० सम्ममा विश्वको जनसंख्या ६ देखि ९ अरब हुनेछ। त्यो समयमा, प्राकृतिक मासुको विकल्पमा प्रोटिन युक्त कृतिम मासु निकै फाइदाजनक हुनेछ। वैज्ञानिकहरुको भनाईछ, मासुको मांग, अब आउने ४० वर्ष मा दुइ गुना बढि हुनेछ, जसले गर्दा कृतिम मासुको विकल्प नभए मा, भोलिको दिनमा मासु एकदमै महंगो हुन जानेछ।
Comments:
Comment Disclaimer: Commenter should not post any messages that are obscene, vulgar, sexually-oriented, hateful, threatening, or otherwise violative of any laws. 1moreinfo reserves the right to remove, edit, move or close any content item for any reason if needed.
Back
03
HealthCare
>>
Health and Care
